×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मतगणना सकिएलगत्तै संसदमा विशेष सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिने

काठमाडौं – हुन्छ र हुँदैनको बिचमा ऐतिहासिक रुपमा सम्पन्न भएको स्थानिय निकायको निर्वाचन पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसैसाता आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्टामा ‘प्रचण्ड’ले राजीनामा दिने तयारीमा आफू पुगेको बताएका हुन् ।
भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने उल्लेख गरेका थिए ।
‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’ कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: