×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्षसँग अष्ट्रेलियाको पिआर ? के हो सत्यता ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का उपाध्यक्षसँग अष्ट्रेलियाको पिआर भएको भन्दै सरकारी निकायमा रहेका पधाधिकारी तथा कर्मचारीहरुको नियामक मन्त्रालय सामान्य प्रसासन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको छ । आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापाले अष्ट्रेलियाको पिआर बोकेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाजस्तो गरिमामय संस्थाको उपाध्यक्ष पदमा बसेको र केहि समयपछि उनी आइक्यानको अध्यक्षजस्तो पदमा हुने हुनाले यस विषयमा छानविन गरी पाउँ भन्दै उनीमाथि प्रधानमन्त्री कार्यालय र सामान्य प्रसासन मन्त्रालयमा उजुरी परेको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार आइक्यानका उपाध्यक्ष थापासँग अष्ट्रेलियाको पीआर भएकाले उनी आइक्यानको पधाधिकारी पदमा बस्न अयोग्य भएका हुनाले उनीमाथि छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउन भन्दै उनीमाथि उजुरी परेको हो । 
के भन्छन् आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापा ?
आइक्यानका उपाध्यक्षसँग अष्ट्रेलियाको पिआर भएको भन्दै उनीविरुद्ध छानविनका लागि सामान्य प्रसासन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा उजुरीपरेको खबरपछी हामीले आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापासँग कुराकानी गरेका थियौं । अर्थ सरोकारकर्मी सुरज प्याकुरेलसँग कुराकानी गर्दै आइक्यानका उपाध्यक्ष प्रकाश जंग थापाले आफुसँग पीआर भएको हल्ला निराधार भएको बताएका छन् । उनले अहिले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले भारतीय बोर्डबाट उत्पादन हुने सिएहरुलाई नेपालमा सदस्यता रोक्ने भन्ने विषय ल्याएकाले यो विषय चित्त नबुझ्नेहरुले आफुविरुद्ध सोहिअनुरुप यस्ता आरोपहरु आएको दावी गरेका छन् ।
‘राम्रो काम गर्ने मान्छेलाई गाह्रो छ । अहिले जुनखालको ‘मुभ’को विकास भएको छ, वा आइक्यानले आईसीएआईलाई दिंदै आएको मान्यतालाई पूनरावलोकन गर्ने कुरा काउन्सिलमा आएको छ, त्यहि कुराको रिसले कसैले यस्तो हल्ला चलाएको हुनुपर्छ । यसैपनि पीआर बोकेका निजामती कर्मचारीहरुलाईमात्र यो कुरा लाग्छ ।’ उनले भने । आफु यसअघि अष्ट्रेलियामा बसेको स्वीकार्दै उनले सन् २०१२ मानै आफु नेपाल आएर काम गरेकाले आफुसँग अष्ट्रेलियाको पीआर नभएको उनको दावी छ । ‘तपाईंसँग अहिलेचाहिं पीआर छ कि छैन ।’ भन्ने हाम्रो सीधा प्रश्नमा उनलेपनि सीधानै उत्तर दिए, ‘छैन’। ‘तपाईंसँग पीआर भएको भन्दै छानविनको मागसहित विभिन्न निकायमा उजुरी परेको छ नि ?’ भन्ने हाम्रो अर्को प्रश्नमा उनी भन्छन्, ‘आवश्यक परेपछि त्यसकोपनि जवाफ दिउंला । तर अहिले म नेपालमा छु र नेपालमै काम गरिरहेको छु ।’

सामाजिक सञ्जालमा भाइरल भएको तस्विर 

कहाँबाट आयो आइक्यानका उपाध्यक्षसँग पीआरका कुरा ?

यसो त आइक्यानका उपाध्यक्षसँग पीआर भएको प्रसङ्ग अहिले आएको भने होइन । यसअघि उनी काउन्सिल सदस्यकालागि उम्मेद्वारी दिने क्रममानै उनीसँग पीआर भएको चर्चा चलेको थियो । पछी उनी उपाध्यक्ष हुने बेलामासमेत उनका तत्कालीन प्रत्यासी रहेका भास्कर लालाका समर्थकहरुलेसमेत उनीसँग पीआर भएको प्रसङ्ग बेलाबेलामा कोट्याउने गरेका थिए । अझ प्रकाशजंग थापाका केहि निकट मानिएका सिएहरुले समेत पटक-पटक विभिन्न ठाउँमा थापासँग पीआर भएको चर्चा गर्ने गरेका थिए । अहिले आइक्यानले आईसीएआईलाई दिंदै गरेको मान्यता खारेज हुने कुरा उठेदेखिनै थापासँग पीआर भएको चर्चा बढीनै भएको भने पक्कै हो । 

आइक्यान र विदेशी पीआरको यो इतिहास !
यसो त यसअघिपनि विभिन्न देशको पीआर बोकेर आइक्यानमा काम गरिरहेकाहरुमाथि कारवाही हुन सकेको थिएन । क्यानडाको पीआरधारी तत्कालीन आइक्यानका टेक्निकल डाइरेक्टर परमानन्द अधिकारी पीआरनै बोकेरपनि आइक्यानबाट ६ महिने छुट्टीमा क्यानडा गएका थिए । पछी उनी पुन: नेपाल फर्किएर आइक्यानमा केहि समय काम गरे । तर उनीसँगपनि क्यानडाको पीआर भएको खबर सार्वजनिक भएपछि उनले आइक्यानबाट राजीनामा दिए र क्यानडा लागे ।
त्यसपछीका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहपनि पीआरधारीनै थिए । आफुसँग क्यानाडाको पीआर हुँदाहुँदैपनि उनी आइक्यानमा काम गरिरहे । आइक्यानमा काम गरिरहँदा उनी भ्रष्टाचार प्रकरणमा परे । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न लागेको खबर सार्वजनिक भएपछी आफ्नो पीआरपनि गुम्ने डरले उनी रातारातजस्तो नेपालमा विभिन्न कुराको व्यवस्थापन गरेर क्यानडा लागे ।
आइक्यानका अर्का एक कर्मचारीसँगपनि विदेशी पीआर भएको चर्चा बेला-बेलामा चल्ने गरेको छ । तर उनीविरुद्ध कतैपनि उजुरी नपरेकाले यो चर्चा प्रकरणका रुपमा बाहिर आएको छैन । 
के भन्छ सामान्य प्रसासन मन्त्रालय ? 
शिवराम न्यौपाने
यता सामान्य प्रसासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मन्त्रालयलाई जानकारी भएसम्म नियम विपरित पीआर बोकेर नेपाल सरकार अन्तर्गतका विभिन्न निकायमा काम गर्नेहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाईने बताएका छन् । 
उनले विद्यमान नियमअनुसार पीआर बोकेका कुनैपनि राष्ट्र सेवक कर्मचारीहरु पाईएको खण्डमा तीनलाई तुरुन्त कारवाही प्रक्रिया अगाडी बढाईने बताएका छन् । 
उनले पीआर बोकेर कुनैपनि सरकारी निकायमा काम गरेको पाईए तुरुन्त कारवाही प्रक्रिया अगाडी बढाउन सकिने बताएका छन् । ‘हामीले जानकारी पाएसम्म अनुसन्धान गर्छौं । अनुसन्धानपछी कसैको पीआर भएको कुरा प्रमाणित भयो भने उसलाई कानुनत: कार्वाहि हुन्छ, त्यसमा कुनै शंका छैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
पीआर बोकेर आइक्यानको पधाधिकारी हुन पाईदैन : लालबाबु पण्डित 
डिभी र पीआरधारी कर्मचारीहरुलाई पीआर वा जागिरमध्ये कुनै एक त्याग्ने नीति ल्याएका तत्कालीन मन्त्री लालबाबु पण्डितसँगपनि हामीले भेटेका थियौं । उनले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा देशको लगानी भएकाले पीआर बोकेर उक्त संस्थाको पधाधिकारी हुन नपाइने स्पष्ट पारेका छन् । ‘नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामात्र होइन, देशको एक रुपैयाँमात्र लगानी भएको संस्था छ भनेपनि तीनको पधाधिकारी पदमा पीआर वा डिभीधारीहरु बस्न पाउँदैन ।’ आइक्यानका कर्मचारीसँग पीआर छ कि छैन ?’ भन्ने कुरा कसरी थाहा पाउने त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘मन्त्रालय वा अख्तियारमा उजुरी गरे छानविन प्रक्रिया अगाडी बढ्छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: