×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यानका पूर्व अध्यक्षको यस्तो हर्कत ! आफैंले बनाएको नियम आफैं मिचेर विदेश भ्रमणमा जाँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कहिले श्रीमतीसँग आइक्यानको पैसामा विदेश गएको खबर त कहिले हारेर पनि जीतेको भनेर हौवा पिटाएको खबर, प्रकाश लम्साल आफु अध्यक्ष हुँदा प्राय विवादमै रहिरहे । कापाको निर्वाचनमा हारेर पुन मनोनित भएको कुरालाई चुनाव जितियो भन्दै हौवा पिटाएका प्रकाश लम्साल पुन: आइक्यानको नियम मिचेर सोमबार चीन जान लागेको खबर प्राप्त भएको छ । आफु अध्यक्ष भएका बेला काउन्सिलले गरेको निर्णयलाइ आफुनै उल्टाउँदै उनी सोमबार चाइना जान लागेका हुन् ।  
यस्तो थियो काउन्सिल सदस्यको निर्णय :
आइक्यान स्रोतका अनुसार २०७२ साल साउन २२ गते बसेको काउन्सिलको बैठकले २०१५देखि २०१९ सम्मको कापाको बोर्ड सदस्यका लागि हुने निर्वाचनमा आइक्यानले पनि आफ्नो उम्मेद्वारी दिने र संस्थाका विद्यमान अध्यक्षलाइ नै कापाको बोर्डको निर्वाचनको उम्मेदवार चयन गरी पठाउने निर्णय गरेको थियो । साथै उक्त निर्वाचनमा बिजयी भएको खण्डमा प्रत्येक बर्ष निर्वाचित हुने आइक्यानको अध्यक्षले नै कापा बोर्ड सदस्यको रुपमा प्रतिनिधित्व गर्ने समेत निर्णय भएको थियो । तर उक्त नियमलाइ मिचेर सोमबार आइक्यानका पूर्व अध्यक्ष प्रकाश लम्साल चीन उड्न लागेका हुन् ।
 २०७२ साल साउन २२ गते बसेको काउन्सिलको निर्णय
लम्साल र खनालको मिलेमतो !
प्रकाश लम्सालकै सहयोगमा चुनाव जितेको ‘ट्याग’ लागेका हालका अध्यक्ष महेश खनाल यस प्रकरणमा नबोलेपछी अन्तत: प्रकाश लम्सालनै चीन जाने भएको स्रोतको दावी छ । ‘यहाँ कसैको मिलेमतो भन्दापनि नियमको कुरा छ । नियमअनुसार महेश खनाल चीन जानुपर्ने हो । खनाल र लम्साल मिलेर जे गर्नपनि मिल्ने भए त आइक्यान काउन्सिल किन चाहियो र ?’ आइक्यानको एक उच्च स्रोतले सिए सरोकारसँग भन्यो । यसअघि आइक्यानका तत्कालीन आध्यक्षका रुपमा प्रकाश लम्साल र उपाध्यक्षका रुपमा महेश खनाल कापाको निर्वाचनमा जाँदा प्रकाश लम्सालले चुनाव हारेका थिए । पछि नेपालजस्तो पछी परेको देशका तर्फबाटपनि एक जना राखिदिनुपर्यो भन्दै लम्साल र खनालले कापा नेतृत्वसँग विन्तीभाउ गरेपछि कापाले प्रकाश लम्साललाई मनोनित गरेको थियो । त्यतिबेला आइक्यानको उपाध्यक्ष रहेका महेश खनालले प्रकाश लम्सालले चुनाव जितेको भन्ने हौवा पिटाएका थिए ।

प्रकाश लम्सालले प्रतिक्रिया दिएनन् 
हामीले यसबारे आइक्यानका पूर्वअध्यक्ष समेत रहेका सिए प्रकाश लम्साललाई सम्पर्क गरेका थियौं । उनले सिए सरोकारकर्मीको फोन नउठाएपछी हामीले उनीसँग एसएमएसमार्फत प्रतिक्रिया मागेका थियौं । उनले हाम्रो एसएमएसको समेत कुनै प्रतिक्रिया दिएनन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: