×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कत्ति धम्मिलिएको देशको आकास ?

  • *’सतीले सरापेको देश !’
  • *’देशको भलो चिताउनेको कहिल्यै जय नहोस्’
  • *देश बनाउने ? कि जोगाउने ?? 
  • *प्रधानमन्त्री पद दसौं वर्षका लागि ‘बुक’ भइसकेको देश !
  • *यिनलाई सिध्याउने ?? कि आफै बन्ने ??
  • *कहाँ छ आशाको सुनौलो किरण ?
  • *यदी देश मर्यो भने … ! 
  • *खोजी आत्मघाती परिवर्तकहरुको !!!

सयौं सुशीला कार्कीहरुलाई यसैगरी डाम्नेछन् यिनीहरुले (जो वर्षौवर्षदेखि डामिएकै थिए) यस्ता कयौं नवराज सिलवालहरुलाई बलिको बोको बनाउँदै (कत्लेआम) गरेको राजनीति हो यो । मलाई थाहा छैन सतिले सरापेको हो या होइन तर राजनीतिलेचाही सखापै पारेको देश हो –मेरो देश ! राजनीति पनि यतिसम्मको घिनलाग्दो कि, स्वाभिमानको ‘किड्नी’ बेचेर टोपी लाउनुपर्ने यिनीहरुलाई ! कस्ले भन्नसक्छ पर्दाअघिल्तिरको यो खेल हाम्रै नेताहरुको मात्रै विवेकले रचना गरेको हो भनेर ?
यिनकै हातमा तालाचाबी दिईरहँदा अबको दसौं वर्षका लागि यो देश ‘बुक’ भइसकेको छ र को-को प्रधानमन्त्री हुनेछन् भनेर अहिलेदेखि नै भित्तामा फोटो झुन्ड्याए हुन्छ…भने सारा नेपालीहरु एक पटक देश जोगाउन तयार, त्यसपछि बनाउन तयार हुनुपर्नेछ ।
नागरिक समाज भन्ने नै नभएको देशमा अब को बोल्छ यो घोर अत्याचार र दमनविरुद्ध ? अब एक-एक मान्छे पवित्र उदेश्यसहितको आत्मघाती परिवर्तक भएर शहर छिर्ने बेला आएको छ ।
बीस वर्षदेखि न चुनाव हुन दिएको छ, न विकास । जनताको गतिलाई हिमनदी थुनेझैं थुनेर राख्नेहरु अझ पनि चुनाव हुन नदिने खेलमै छन् । व्यवस्था बदलेर के भो? अवस्था उस्तै छ !
संसार कहाँदेखि कहाँसम्म पुगिसक्यो, एउटा सानो देशलाई संसारकै बगैंचाजस्तो सजाउन सकिने सम्भावना मरेको छैन । संसारभर छरिएर रहेका र स्वदेशमै रहेका सारा नेपाली मिलेर अहिलेको जारी युग (राजनीति/नेता/प्रवृति/घिनलाग्दो गति) सबैलाई यही समाप्त पारिदिएर अघि बढ्ने हो भने मात्र परिवर्तन सम्भव छ नत्र खिया लागेका मान्छेहरु, ढुसी परेको मानसिकता र ‘कलरलेश’ इन्द्रेनीको माला लाएर केही काम छैन ।
कस्ले देखाउन सक्छ यहाँ आशाको सुनौलो किरण ? झन्पछि झन् कत्ति धम्मिलिएको देशको आकास ? के आकास पनि बिलय हुनसक्छ ? के देश मर्न सक्छ ? मलाई जिन्दगीभरी यस्तो नहोस् मात्रै लागिरहेको छ ।
र, म जलिरहेको छु देशत्वको आगो भएर !!! स्वाभिमान त किन्चित बिचलित छैन मेरो छातिभित्र । जय स्वाभिमान !
(प्रेम बानियाँको फेसबुकबाट साभार)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: