सेयर नपरेको पैसा फिर्ता गर्दा बैंकहरुले बिनासूचना शुल्क कटौती गरे अवदेखि कारवाही हुन्छ
Powered by Blogger.
सेयर नपरेको पैसा फिर्ता गर्दा बैंकहरुले बिनासूचना शुल्क कटौती गरे अवदेखि कारवाही हुन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सेयर नपरेको पैसा फिर्ता गर्दा बैंकहरुले बिनासूचना शुल्क कटौती गर्न थालेपछि बैंक पिच्छे फरकफरक र मनपरी ढंगले शुल्क कटौती गर्ने प्रवृत्ति बढेको लगानीकर्ताले गुनासो गरेका छन् । शुल्क कटौती गर्दा बैंकहरुले ग्राहकलाई जानकारी नै नदिइ प्रतिग्राहक न्यूनतम १५ देखि १ सय रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको छ । एकातिर आस्वा निःशुल्क भन्ने अर्कोतिर फेरि बिनासूचना शुल्क कटौती गर्दा सर्वसाधारण मारमा परेका छन् । 

धितोपत्र बोर्डले आस्वामा अधिकतम १ सय रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ भने आस्वा शुल्क लिने बैंकले सामान्यतयः सेयर भरेकै बेला शुल्क लिएर भुक्तानी फिर्ता हुने बेला लिने भए पनि ग्राहकलाई जानकारी गराउनैपर्ने हुन्छ । सर्वसाधारणहरु यसरी मारमा पर्न थालेपछि धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेकाले दोहोरो शुल्क काटेको उजुरी परेमा छानबिन गरेर बोर्डले तत्काल कारवाही गर्ने बताएका छन्। आस्वा शुल्क लिएको भए अनिवार्यरुपमा त्यसको जानकारी ग्राकलाई दिनुपर्ने उनले बताए । यस्तै पछिल्लो समय केही बैंकहरुले आस्वालाई निःशुल्क बनाइसकेका छन् भने बोर्डले आगामी आर्थिक वर्षको साउन १ गतेबाट आस्वा अनिवार्य गराउन निर्देशनसमेत दिइसकेको छ ।


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...