हार्ने 'कन्फर्म' भएपछि प्रचण्डपुत्रीले गरिन् 'बबाल' ! रुखमा खसेको मतपनि आफ्नोमा गन्नुपर्ने अडान लिएपछि मतगणना अनिश्चित !

  • अर्थ सरोकार इलेक्सन ब्युरो 
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले निहुँ खोज्ने काम गरेकी छिन् । उनका कारण चितवनको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन नसकेको बताइएको छ । कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले अनौठो अडान राखेकी हुन् ।

निर्वाचन कार्यालय चितवन स्रोतका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि मतगणना हुन नसकेको हो । उनको प्रस्तावलाई एमालेसहितका अन्य दलले मानेका छैनन् ।
प्रकाशित : Monday, May 15, 2017

recent

Popular Posts