×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुर अपडेट : विवादका कारण रोकिएको मतगणना पुनः सूचारु (यस्तो छ ताजा परिणाम)

मत गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवादका कारण रोकिएको भरतपुरको मत गणना पुनः सूचारु भएको छ । 
वडा नः १७ को मतगणना कार्य चलिरहेका बेला शनिबार बिहान १२५ मत अर्धकट्टी सहितको भेटिएपछि दलहरु बीच सदर मान्ने कि बदर भन्ने विवाद भएको थियो ।विवादलगत्तै २ घन्टा रोकिएको गणना पुनः 
सुरु भएको हो ।
दल र निर्वाचन आयोगका प्रतिनिधीहरु बीच निर्वाचन सम्बन्धी निर्देशिकाको व्यवस्था अनुसार गणना गर्ने सहमतिपछि गणना सुचारु भएको हो । निर्वाचनसम्बन्धी निर्देशिकाको बुदाँ नं. ३ मा दुरुस्त मतपत्र अर्धकट्टीसहित पाइएमा मतपत्रको अर्धकट्टी हटाएर मतगणना गर्ने व्यवस्था रहेको र सो मत सदर गर्ने स्पष्ट व्यवस्था छ ।
महानगरपालिकामा अब ५ वटा वडाको मात्रै मतगणना गर्न बाँकी छ । मतगणना रोकिनु अघिसम्मको अवस्थामा एमालेका देवी ज्ञवालीले ३७२६६ मत ल्याएर अग्रतालाई कायम राखेका छन् भने माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालले ३५६६७ मत ल्याएकी छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: