×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिदी मत च्यात्ने, भाई पदक फँयाक्ने !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सन्तान पनि थरीथरीका छन् । राजनीतिमा सक्रिय रहेका उनका दुई सन्तानको चालाले जग हँसाएको छ । स्थानीय तहको निर्वाचनमा भरतपुरको महानगरपालिकाको मेयरमा लडेकी रेणु दाहाल अहिले विवादमा तानिएकी छिन् । उनले हार्ने अवस्था आएपछि गणना भइरहेका मतपत्र च्यातेर फँयाक्दा लफडा भएको छ । अहिले त्यहि लफडाका कारणले नै भरतपुरको मतगणना स्थगित छ । 
रेणुका कार्यकर्ताले मतपत्र च्यातेको प्रत्यक्ष दर्शी चितवन प्रहरी प्रमुख नै रहेका छन् । रेणु दाहालको एजेण्ट बसेका बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका हुन् । न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् । उनले मतपत्र च्यातेपछि तनाव बढेको थियो । न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले मतपत्र सशस्त्र प्रहरीको घेराबन्दीमा छ । मतगणनास्थलमा बसेका माओवादी केन्द्रका एजेण्टले मतपत्र च्यातेपछि सोको विरोध गर्ने एमाले कार्यकर्ता गंगा लामामाथि पनि प्रहरीले धरपकड गरेको छ । हार्ने भएपछि दुईपटक गरी २५ वटा जति मतपत्र च्यातेको एमालेको दाबी भएपनि प्रहरीले १० वटा जति च्यातिकएको जनाएको छ ।
उता, दिदीको हरकत त्यस्तो हुँदा यता बाबुको सचिवालयको हुकुमतमा रहेका भाई प्रकाश दाहालको अर्को नौटंकी देखा परेको छ । उनले आफूलाई सरकारले दिएको पदक नलिने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा उनलाई पदक दिइएको थियो । सामाजिक सञ्जालमा पदक दिनुको कारण सोध्दै उनको खिल्लि उडाउन थालेपछि दाहालले त्यस्तो घोषणा गरेका हुन् । 
सरकारले गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गरेको छ । जसमा दाहालको नाम चितवनका समाजसेवी भनेर सुप्रबल जनसेवाश्री पाउनेको सूचीमा थियो । प्रचण्डपुत्रलाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने खबर आएपछि समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । माओवादी नेताहरूले पनि आलोचना गरेका छन् ।
सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै दाहालले आफ्नो फेसबुकमा ‘पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरूको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।’ भनी लेखेका थिए । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: