ग्रीन, माउन्ट मकालु र किसान किसान माइक्रोफाइनान्स हकप्रद ल्याउन धीतोपत्र बोर्ड पुगे !
Powered by Blogger.
ग्रीन, माउन्ट मकालु र किसान किसान माइक्रोफाइनान्स हकप्रद ल्याउन धीतोपत्र बोर्ड पुगे !

 
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ - ग्रीन डेभलपमेन्ट बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्था हकप्रद ल्याउन धीतोपत्र बोर्ड पुगेका छन् ।  यसरी बोर्ड पुग्ने संस्थाहरुमध्ये सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकले ४००% हकप्रद निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ भने माउन्ट मकालु डेभलपमेन्ट बैकले पनि ५०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । यता यस्तै, किसान माइक्रोफाइनान्स वित्तीय सस्थाले भने २४.२२% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्ड पुगेको छ ।

यसरी हकप्रद ल्याउन धीतोपत्र बोर्ड पगेको ग्रीन डेभलपमेन्ट बैंकले यसआधारमा बैंकले १ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद बिक्री गर्नेछ भने ग्रीनको यो हकप्रदमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

माउन्ट मकालु बैंकले २ः१ को अनुुपातमा ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद बिक्री गर्नेछ भने यो हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । किसान माइक्रोफाइनान्स वित्तीय सस्थाले भने १००ः२४.२२ को अनुपातमा ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद बिक्री गर्नेछ । सिभिल क्यापिटल मार्केटले यो हकपरदमा बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मिति : Wednesday, May 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...