×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा माईको कमाए २६ करोड खुद नाफा

Image result for सानिमा माई हाइड्रो

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सानिमा माई हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष यही अवधिमा सानिमा माई ६ करोड २४ लाख ३० हजार रुपैयाँ नोक्सानमा थियो । हाइड्रोले यो त्रैमासमा ६३ करोड ८२ लाख ८० हजार रुपैयाँ कुल आम्दानी गरेको छ । यसमध्ये विद्युत बिक्रीबाट ६३ करोड ३४ लाख ५४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । 
विद्युत बिक्रीको आम्दानी गत वर्ष भन्दा १४१.७७% ले धेरै भएको छ । गत वर्ष सानिमाले विद्युत बिक्रीबाट २६ करोड २० लाख ५ हजार आम्दानी भएको थियो । सानिमा माईको सेयर पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । हाइड्रोको रिजर्भ कोषमा २६ करोड ९५ लाख ९६ हजार रुपैयाँ छ । सानिमाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५३ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: