×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्जुन नरसिंह केसीका पिएसमेत रहेका ठगी र किर्ते काण्डका दोषी सरोज केसी सीआईबीद्वारा पक्राउ !

सरकारी कागजात किर्ते तथा ठगी काण्डमा मुछिएका अर्जुन नरसिंह केसीका पिए समातिएका छन् । आइतबार ११ बजे सामाखुसीमा हिडिरहेको अवस्थामा सीआईबीका प्रहरी निरीक्षक भिष्म हुमागाई नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई अदालतको फैसला कार्वानयन साखामा बुझाएर कारागार लगिसकिएको बताइएको छ ।
ठगी तथा सरकारी कागजपत्र किर्ते मुद्धामा १४ महिना जेल र सात लाख रुपिँया जरिवाना फैसलापछि उनी फरार भएका थिए । 
नुवाकोट जिल्ला रावतवेसी- ४ घरभइ हाल गोंगबु बस्दै आएका २६ वर्षीय सरोज केसीलाई जिल्ला अदालत काठमाडौंले केसीलाई फरारको सूचीमा राखी पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।
फरार केसीले सप्तरी सिमराहा सिगीयौना–४ घर भइ हाल जनमैत्री अस्पतालमा कार्यरत डा. मनोज कुमार साहलाई बीर अस्पतालमा एमडी पढ्न इन्ट्रान्स परीक्षामा उत्तीर्ण गराइ दिने नाममा एक करोड लिएको र त्यसपछि नक्कली काजजात बनाइदिएको अदालतको फैसलामा छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीस सूर्यप्रसाद पराजुलीको इजलासले २०७३ जेठ ३१ गते केसी विरुद्ध १४ महिना जेल र सातलाख रुपियाँ जरिवाना हुने फैशला सुनाएको थियो । अदालतबाट जारी गरिएको म्याद गुजारी बसेका फरार केसीलाई पुनरावेदन गर्नेबाटो समेत बन्द गरिएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: