हट्यो १० महिने 'राजनीतिक-ग्रह' ! अव यसकारणपनि बजार बढ्छ !
Powered by Blogger.
हट्यो १० महिने 'राजनीतिक-ग्रह' ! अव यसकारणपनि बजार बढ्छ !

  • दुर्गा प्रसाद काफ्ले 
राजनीति र पूँजीबजारको सम्बन्ध नेपालमा मात्र होइन विश्वका अन्य बजारमापनि परिपूरक ढंगको छ । राजनीतिक उछालसँगै सेयर बजारमा पर्ने प्रभाव विश्वमाझ छर्लंग छ । नेपालपनि त्यसबाट अछुतो हुने कुरै भएन । देशमा १० महिनाअघि माओवादीको सरकार आएपछि नेपाली आर्थिक क्षेत्रले जुन संकट व्यहोर्नु पर्यो त्यो सबैलाई थाहा  छ ।

नेपाली पूँजी बजारमा माओवादीको इतिहास सबैलाई थाहा छ ।  यो ब्लग लेख्दै गर्दा मपनि कुनै राजनीतिक पार्टीमाथि आस्था पक्कै राख्छु । तर सत्य आखिर सत्य हुन्छ र सत्य एक हुन्छ । कुनैदिन मैले बजार १२०० मा आउँछ भन्दापनि त्यो तीतोनै थियो । समयले त्यसलाई सत्य सावित गरिदियो । क्षणिक आवेश, कोहि व्यक्तिविशेषप्रतिको मानाशिकताभन्दापनि तर्क र सत्यलाई बुझ्ने हो भने माओवादीको सरकार हुँदा सेयर बजारप्रति वितृष्णा आएकै हो ।

इतिहास हेरौं !
२०६५ सालमा प्रचन प्रधानमन्त्री हुँदा देशमा आर्थिक संकट आएको थियो भने अहिलेपनि प्रचण्ड प्रधानमन्त्री हुँदा देशले देशले आर्थिक संकट व्यहोर्नुपर्यो । कथित आर्थिकवृद्धिको हौवा पिटाएर देशलाई आर्थिक संकटमा धकेल्ने काम भएको हामी धेरैलाई थाहा छ । बैंकको ब्याजदर ७ प्रतिशत बाट बढेर १५ प्रतिशत सम्म पुग्यो भने नेपाली पूँजी बजार १८८८ बाट १२१८ सम्म पुग्यो । नेपालबाट धेरै ठुला लगानीकर्ता पलायन भए भने मावोवादी प्रति लगानीकर्ताको र जनताको विश्वास सुन्य: प्राय भयो । धेरै लगानीकर्ता ले ठुलो मात्रामा लगानी डुबाउनु पर्यो भने साना गरिव किसानलाई महँगो व्याजले ढाड सक्यो । जे भएपनि १० महिनाको अन्तरालमा फेरि लगानीकर्ताको खुसीको पल फेरिएको छ । अव फेरि ९ महिनाको ग्रह गएको छ र फेरि दिन फिरेको छ । 

अव के हुन्छ ?
अव पूँजी बजार सकारात्मक हुनेछ । ब्याजदर घट्छ । अवको केहि दिनमै त्यो प्रभाव नेपाली बजारमा देखिन्छ । तरलता समस्या समाधान अव हुन्छ । हुन त माओवादी पुन: सरकारमा सामेल हुनेछ । तर राजनीतिक बाँडफांड हेर्ने हो भने अर्थ मन्त्रालय कांग्रेसले लिने पक्का छ । यसलेपनि स्वाभाविक फरक पार्नेछ बजारमा । विस्तारै समस्याहरु समाधान हुनेछन् ।     


Published Date : Thursday, May 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...