धितोपत्र बोर्डले सरकारलाई भन्यो- 'सेयर कारोबारमा भ्याट नलगाउ', सरकारभने पेलेरै जाने पक्षमा !
Powered by Blogger.
धितोपत्र बोर्डले सरकारलाई भन्यो- 'सेयर कारोबारमा भ्याट नलगाउ', सरकारभने पेलेरै जाने पक्षमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -  महालेखा परिक्षकको कार्यालयले बार्षिक प्रतिवेदनमा शेयर किनबेचमा पनि भ्याट लगाउनु पर्ने उल्लेख गरेपछि सेयर कारोबारमा भ्याट लगाउने कि नलगाउने भन्ने चर्चा चलिरहेका बेला नेपाल धितोपत्र बोर्डले भने सेयर कारोबारमा भ्याट लगाउन नमिल्ने सुझाव सरकारलाई दिएको छ । 

अर्थमन्त्रालयले महालेखाको प्रस्तावलाई आगामी बजेटमा सम्बोधन गर्नेबारे छलफल चलाएपछि बोर्डले यस्तो सुझाव पठाएको हो ।  तत्कालका लागि सेयर कारोबारमा भ्याट लगाउन नहुने निष्कर्षसहित बोर्डले उक्त प्रतिवेदन सरकारसमक्ष प्रस्तुत गरेको थियो ।सेयर कारोबारमा भ्याट लिनुपर्ने भन्दै गत आर्थिक बर्षको अर्थमन्त्रालयको लेखापरिक्षण गर्दा गर्दा शेयर कारोबारमा भ्याट नलिएको भन्दै महालेखाले बेरुजुमा राखिदिएको छ। 

नेपाल बिश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको हुँदा त्यसका नियमलाई उल्लंघन गर्न  नसकिने, मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ मा पनि वित्तीय क्षेत्र, बीमा लगायतलाई भ्याटको सीमा नराखिएको लगायतका कारण देखाउंदै बोर्डले हाल सेयर कारोबारमा भ्याट लगाउन नसकिने प्रतिवेदन पठाएको हो । 

यता नेपाल सरकार भने भ्याटको मामलामा पेलेरै जाने पक्षमा रहेको बुझिएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अर्थ मन्त्रालयको एक उच्च स्रोतले भन्यो, 'धीतोपत्र बोर्डले भ्याट लगाउन नमिल्ने सुझाव दिएको छ । तर महालेखाको दवाव र अर्थ मन्त्रालयका उच्च अधिकारीपनि सेयर कारोबारमा भ्याट लगाउनुपर्छ भन्ने कुरामा अडिक रहेकाले सोहि अनुसारको नियम तर्जुमा हुने तयारी छ ।'   


Published Date : Friday, May 12, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , ,

Loading...