×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधार क्षेत्रमै पछारिए…

काठमाडौं । स्थानीय तह निर्वाचनमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधार क्षेत्रमै पछारिएका छन् । उनी इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकको अध्यक्षको उम्मेदवार थिए । एमालेको गड ठानिएको क्षेत्रमै उनलाई हराउँदै कांग्रेस जिल्ला पूर्वसचिव वंशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भए । स्थानीय तह निर्वाचनमा पराजय भोग्ने नेपाल जिल्लाका वरिष्ठ नेता हुन् ।
गृहगाउँ इन्द्रावती–१० नै उनले रक्षा गर्न सकेनन् । उनको वडाबाट कांग्रेस उम्मेदवार जीवन थापा निर्वाचित भए । आइतबार राति सम्पन्न मतगणनामा उनी २ सयभन्दा बढी मतान्तरले पराजित भए ।
एमालेकै किल्लामा प्रभावशाली नेता शिव न्यौपाने पनि पराजित भए । उनको वडा पनि कांग्रेसले खोस्यो । उनी एमालेबाट सुनकोसी गाउँपालिका अध्यक्षमा उम्मेदवार थिए । उनलाई राजनीतिमा नितान्त नयाँ कांग्रेस उम्मेदवार श्रवणकुमार जिसीले ४ हजार ३ सय ६० मत ल्याएर हराए ।
यस्तै अरनिको राजमार्गसँगै जोडिएको भोटेकोसी नदी किनारको तातोपानीदेखि बाह्रबीसेसम्मको क्षेत्र कांग्रेस किल्लाका रुपमा चिनिन्थ्यो ।
अहिले यो इलाकामा कम्युनिष्ट झन्डा गाडिएको छ । कांग्रेस जग भताभुंग बनाउँदै माओवादी केन्द्रका राजकुमार पौडेल भोटेकोसी गाउँपलिका अध्यक्षमा निर्वाचित भएको आजको नागरिक दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: