×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेप्सेमा एक अर्ब ६७ करोड रुपैयाँभन्दा बढिको शेयर सूचिकरण

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्से  मा मंगलबार एक करोड ६७ लाख ७७ हजार ९२ कित्ता शेयर सूचिकृत भएका छन् । जुन एक अर्ब ६७ करोड ७७ लाख नौ हजार २०० रुपैयाँ बराबरका हुन् ।
आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको हकप्रद सूचिकृत भएको छ । बैंकको एक करोड २३ लाख ९० हजार ८७४ कित्ता सूचिकृत भएको हो । सूर्य लाइफ इन्स्योरेन्सको १२ लाख ५० हजार कित्ता हकप्रद आजै सूचिकृत भएको छ ।
सिन्धु बिकास बैंकको १२ लाख नौ हजार ३३५ कित्ता हकप्रद र दुई लाख तीन हजार १७ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
लक्ष्मी लघुबित्त वित्तीय संस्थाको ११ लाख कित्ता हकप्रदसंगै तिनाउ बिकास बैंकको ६ लाख ८२ हजार ७४० कित्ता बोनस शेयर आज नेप्सेको कारोबार कक्षमा सूचिकृत भएका छन् । आज सूचिकृत भएका शेयर एक सातापछि कारोबारमा आउने छन् ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: