×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको ३०% हकप्रदमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सनराइज बैंकको ३०% हकप्रदमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हकप्रदमा मूल्य समायोजन गरेर ४३० रुपैयाँ भाउ तोकेको छ । यस आधारमा हकप्रद समायोजनपछि सोमबार सनराइजको सेयर कारोबार प्रतिकित्ता ४३० रुपैयाँमा खुल्नेछ । सनराइजको औसत आधार मूल्य भने ४७३ रुपैयाँ छ । सनराइजले १०ः३ अनुपातमा १०० रुपैयाँका दरले एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सनराइजले ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चुक्ता पुँजी पनि ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, रिजर्भ कोषमा पनि २ अर्ब ८४ लाख ३४ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: