भक्तपुरमा 'घाम लाग्यो घमाइलो' : सूर्यविनायक नगरपालिकामा नेकपा एमाले विजयी !


भक्तपुरमा नेकपा एमालेले खाता खोलेको छ । सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरमा सानुकाजी कायस्थसहित पूरै प्यानलै विजयी भएको हो । कायस्थले १ हजार ६ सय ४७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्रराज रावतले ८ सय ४७ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा एमालेका अम्बिका न्यौपाने र दलित महिला सदस्यमा कल्पना नेपाली विजयी भए । यस्तै, खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठले जित हात पारेका छन् ।
प्रकाशित : Tuesday, May 16, 2017

recent

Popular Posts