×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपत्यकामा घाम लाग्न थाल्यो: एमालेले खोल्यो, खाता, महांकालमा रामचन्द्र दाहाल विजयी !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 

ललितपुर – एमालेले उपत्यकामा घाम उदाएको छ । राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको हो । ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो । अर्थ अरोकार डटकमलाई प्राप्त जानकारी अनुसार महांकाल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २०८० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले १७२२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भएकी छन् । उनले २२६३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला अधिकारीले १३९९ मत प्राप्त गरेकी छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: