×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौंमा एमाले चम्कियो, सुवर्ण र शुक्रलक्ष्मी बने पहिलो मेयर र उपमेयर

काठमाडौं जिल्लाको नगरपालिकाको पहिलो मेयर र उपमेयर एमालेले कब्जा गरेको छ ।
शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ र उपमेयरमा एमालेकै शुक्रलक्ष्मी श्रेष्ठविजयी भएका हुन्। 
शंखरापुरको मेयरमा श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले २९५० मत प्राप्त गरेका छन् । माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा रहे ।
यस्तै उपमेयरमा शुक्रलक्ष्मी श्रेष्ठले ४५०१मतसहित विजयी भइन्। उनले कांग्रेसकी मञ्जु खड्कालाई हराइन्। उनले २९११मत पाइन्। एमालेले ९ मध्ये ५ वटा वडामा वडाध्यक्षसमेत विजयी भएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: