चुनावमै सकिएला नि पैसा ! उपल्लो र अप्पर खिम्तीको २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधरण शेयर आउँदैछ !
Powered by Blogger.
चुनावमै सकिएला नि पैसा ! उपल्लो र अप्पर खिम्तीको २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधरण शेयर आउँदैछ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - चुनावका बेला आफ्ना लागि र आफन्तका लागि ठुलै खर्च गरिरहेका छन् विभिन्न उम्मेदवार र तीनका आफन्तले । तपाईंपनि त्यस्तै गरिरहनुभएको छ भने होस् गर्नुहोस् है ! उपल्लो र अप्पर खिम्तीको साधारण सेयर आउंदैछ । हिमालय उर्जा विकास कम्पनीले निर्माण गरेको यो जलविद्युत आयोजनाको शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।यी दुर्इ आयोजनाको २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधरणमा जारी गर्ने बताइएको छ। 

१२ र ७ मेगावाटका यी आयोजनाको सेयर जारी गर्नका लागि गरिएको सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डे र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ । कम्पनीले उपल्लो खिम्ती २०७५ साल असार र अप्पर खिम्ती असोजमा निर्माण सकिने जनाएको छ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...