सरकारको निर्णय : आजदेखि भलिबल भयो नेपालको राष्ट्रिय खेल
Powered by Blogger.
सरकारको निर्णय : आजदेखि भलिबल भयो नेपालको राष्ट्रिय खेल

  • अर्थ सरोकार सम्बाददाता 
सरकारले सोमबारदेखि लागु हुने गरी राष्ट्रिय खेलको रुपमा भलिबललाई मान्यता दिएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेको हो ।

यसअघि डण्डीबियो राष्ट्रिय खेलको रुपमा थियो । तर राष्ट्रिय खेल परिवर्तन गर्नुपर्ने केहि बर्षअघिको प्रयासलाई हिजोको मन्त्रीपरिषद्ले अन्तिम रुप दिएको हो । 

बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउदै अन्तिममा सुचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले भने–हामीले एउटा रमाइलो निर्णय गरेका छौँ, हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई राष्ट्रिय खेल बनाएका छौँ ।

प्रकाशित मिति : Tuesday, May 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...