×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले नेता योगेश भट्टराईचाहिं मौन अवधिको आचारसंहिता नलाग्ने हो ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिहिबार राती १२ बजेबाट मौन अवधि सुरु भएको भएपनि नेकपा एमालेका प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराईले भने मौन अवधिको अचारसंहिता मिचेका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत नेकपा एमाले प्रचारात्मक सामाग्री बुष्ट गरेका छन् ।  पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट नेकपा एमालेलाई भोट हाल्नुपर्छ भन्ने आशयको बुष्ट गरिएको भिडियोलाई उनले पुन: आफ्नो फेसबुकबाट पनि बुष्ट गैरका छन् । फेसबुकमा पैसा तिरेर यसरी बुष्ट गरिएको भिडियो अहिलेपनि लाखौँ फेसबुक प्रयोगकर्तामाझ पुगिरहेको छ ।  
नेकपा एमालेक नेता भट्टराईले सेयर गरेको उक्त भिडियोको कमेन्टमा समेत धेरै फेसबुक प्रयोगकर्ताले एमालेले नियम मिचेको भन्दै विरोध गरेका छन् । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक संजाललगायत कतैपनि पार्टीको प्रचार गर्न पाइदैन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: