×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

योगेश भट्टराईको ‘सस्तो’ स्टाइल : झुटको यस्तो खेती गरेर भोट माग्दैछ एमाले ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  निर्वाचन मुखैमा आएकाबेला नेकपा एमालेले भने झुटको खेती गरेर भोट मागिरहेको छ । नेकपा एमालेका प्रचार विभाग प्रभुखसमेत रहेका योगेश भट्टराईले यस्तो झुटको खेतीको नेतृत्व गरिरहेका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिई हजारौं बेरोजगारहरु उद्यमी बनेको र त्यस्तो व्यवस्था एमालेले मिलाएको भन्दै झुटो भिडियो बनाएर योगेश भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गरेपछि झुटको यस्तो आइडियाको खुलासा भएको हो । 
तर योगेश भट्टराईले फेसबुकमा राखेको उक्त भिडियो शतप्रतिशत झुटो हो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमनै लागू भएको छैन । केपी ओली सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले ०७३/७४ को बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । आफु १० कक्षापनि नपढेका हुनाले शैक्षिक योग्यताका आधारमा ऋण दिने घोषणा गरेको र यो सम्भव नभएको भन्दै तत्कालीन अवस्थामा नै अर्थमन्त्रीको आलोचना बैंकरहरुले गरेका थिए । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: