×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अखिल क्रान्तिकारीद्वारा उपत्यका निजी शैक्षिक संस्था ठप्प

काठमाडौँ । अखिल क्रान्तिकारीले उपत्यका निजी शैक्षिक संस्था बन्द गरेको छ । मनपरी रुपमा बढाएको शुल्क फिर्ता लिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीले मंगलबार एक दिने शैक्षिक हड्ताल गरेको हो । 
विद्यार्थी संगठनहरुसँग निजी तथा अावासीय विद्याल अर्गनाइजेसन (प्याब्सन) ले तोकिएको भन्दा वृद्धि गरिएको शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नगरेको बताएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारीको बन्दका कारण उपत्यकाका सम्पूर्ण निजी शिक्षण संस्था बन्द छन् ।
शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनबीच गत जेठ १५ मा भएको सहमतिअनुसार १५ दिनभित्र तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट अभिभावकलाई त्यस्तो शुल्क फिर्ता गराउने सहमति भएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: