भार्गवको सेयर लिलामीमा बिक्री खुला, अन्तिम म्याद असार २ गते
Powered by Blogger.
भार्गवको सेयर लिलामीमा बिक्री खुला, अन्तिम म्याद असार २ गते


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - भार्गव विकास बैंकले शुक्रबार देखि ८५ हजार २३१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । भार्गवले संस्थापक समूहको ३२ हजार ४६६ कित्ता र सर्वसाधारण समूहको ५२ हजार ७६५ कित्ता गरी कुल ८५ हजार २३१ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने असार २ गतेसम्म तोकिएको छ । यस अघि भार्गवले फागुन २४ गतेदेखि चैत २८ गतेसम्म १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

लिलामीमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौं तथा भार्गवको मुख्य कार्यालय सुर्खेतरोड, नेपालगंजमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ । संस्थापक समूहको बोलपत्र असार ४ गते दिउसो ३.३० र सर्वसाधारण समूहको ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौमा खोलिनेछ । भार्गवको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । हाल बैंकको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ करोड ४३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५२ पैसा रहेको छ । 

प्रकाशित मिति : Friday, June 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...