×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गाउँपालिकाको उम्मेदवार बन्न एमालेले आफ्नै कार्यकर्ताबाट २१ लाख मागेको खुलासा (प्रमाणसहित)

काठमाडौं । स्थानीय तहको उम्मेदवार छान्ने क्रममा एमालेभित्र आर्थिक चलखेल भएको खुलासा भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिस भएका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका बताएका छन । 
पञ्चायत कालदेखिकै अर्थात् ४७ बर्षे लामो जीवनकालसम्म एमालेको सक्रिय कार्यकर्ता बनेर राजनीति गरेका काफ्लेले एक वक्तव्य जारी गर्दै अब आफुले एमालेको राजनितिबाट विश्राम लिएको प्रष्ट पारेका छन् ।
मदन भण्डारीजस्तो जननेताको विचारबाट स्थापित भएको एमाले पार्टीभित्र स्वार्थी, व्यक्तिवादी चिन्तन र कार्यकर्ताको मूल्यांकनलाई पैसासँग दाँजेर आर्थिक लेनदेनका आधारमा गर्ने आपराधिक प्रवित्ति मौलाएको काफ्लेको गुनासो छ ।
हेर्नुहोस् काफ्लेको वक्तव्य
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: