शुक्रबारका लागि तोकिएको सेन्ट्रल फाइनान्सको विशेष साधारण सभा असार २ मा सर्यो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - सेन्ट्रल फाइनान्सले शुक्रबार बोलाएको विशोष साधारण सभा असार २ गतेका लागि सारेको छ । विशेष सभाधारण सभामा चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव छ । विशेष कारणवश साभारण सभा स्थगित गरेर नयाँ मिति तय गर्नुपरेको जानकारी दिदै सेन्ट्रलले उक्त साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, पृथ्वी हल, जाउलाखेल ललितपुरमा दिउँसो १ बजे हुने बताएको छ ।

योसँगै उपयुक्त कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्ने कामका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव छ । सेन्ट्रलले भक्तपुर फाइनान्सलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ छ । फाइनान्सले तेस्रो त्रैमासमा ५ करोड ८७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४६ पैसा छ । 
प्रकाशित : Thursday, June 01, 2017
Loading...

recent

Popular Posts