छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ भर्ने अन्तिम दिन आज
Powered by Blogger.
छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ भर्ने अन्तिम दिन आज

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ भर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार बैंकिङ समयसम्ममात्र यो आइपीओ भर्न सकिनेछ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल, छ्याङ्दी हाइड्रोपावर गैरीधारा तथा ग्लोबल आइएमई बैंकको अधिकांश शाखा कार्यालयबाट आवेदन फारम बुझाउन सकिनेछ । त्यस्तै काठमाडौं क्यापिटल मार्केट काठमाडौं प्लाजा, प्रभु क्यापिटल कमलादी, जनरल फाइनान्सको काठमाडौं न्युरोड र चाबहिल शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।

ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको यस कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १० हजार ८०० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता सामूहिक लगानी कोषलाई दिएको छ । यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम २७ सय कित्तासम्म आवेदन दिन पाइनेछ । साधारण सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुग्नेछ । 



Published Date : Thursday, June 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...