सिटिजन्स बैंकको ६ लाख १९ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आजदेखि ६ लाख १९ हजार ८०३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । सिटिजन्सले संस्थापक समूहको १ लाख ९९ हजार ३१३ कित्ता र सर्वसाधारण समूहको ४ लाख २० हजार ४९० कित्ता सेयरको लिलामी खुलाएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी असार २१ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । नेप्सेमा सिटिजन्सको अन्तिम कारोबार मूल्य ३८० रुपैयाँ छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल हो । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्साल काठमामाडौं तथा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत सिटिजन्सले चैत २४ देखि वैशाख २७ गतेसम्म १ करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो । सर्वसधारण र संस्थापक दुवै समूहको बोलपत्र असार २२ गते दिउँसो ३.३० बजे सानिमा क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सिटिजन्सको चुक्ता पुँजी ५ अर्ब ८७ करोड ३४ लाख रुपैयाँ छ । तेस्रो त्रैमासमा बैंकले ८८ करोड २८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा छ । 
प्रकाशित : Thursday, June 29, 2017
Loading...

recent

Popular Posts