डिप्रोक्स लघुवित्तको असार ४ देखि सेयर लिलामीमा आउँदै
Powered by Blogger.
डिप्रोक्स लघुवित्तको असार ४ देखि सेयर लिलामीमा आउँदै


  • अर्थ सरोकार सम्बाददाता 

    काठमाडौं - डिप्रोक्स लघुवित्त विकास बैंकको असार ४ गतेदेखि १५ हजार ९६९.६४ कित्ता  सेयर  लिलामीमा बिक्री गर्ने भएको छ । डिप्रोक्सले हकप्रद निष्कासनका बेला  नबिकेको  सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ राखेर बोलपत्र फारम भर्नुपर्नेछ । न्यूनतम १० कित्ता वा सो भन्दा बढीको  लागि १० ले भाग जाने गरी आवेदन दिन पाइनेछ । लिलामी भर्ने अन्तिम म्याद असार ११ गतेसम्म तोकिएको छ । यसअघि डिप्रोक्सले चैत ७ देखि वैशाख २५  गतेसम्म २५ लाख ७९ हजार २३८.४५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । 

    नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा आइपुग्ने गरी बोलपत्र फारम बुझाउनु पर्नेछ । बोलपत्र असार १३ गते दिउँसो ३ बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा खोलिनेछ । डिप्रोक्सको यस लिलामी सेयरमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो । डिप्रोक्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा चुक्ता पुँजी ३४ करोड ८१ लाख ९७ हजार १९० रुपैयाँ छ । तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार ८८२ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९१ पैसा छ ।  


    Published Date : Monday, June 12, 2017

    हामीलाई फलो गर्नुहोस् :

    प्रतिकृया दिनुहोस्

    ,

    Loading...