कम्युनिष्ट पार्टीका डोटी इन्चार्ज बीपीनगरबाट गिरफ्तार
Powered by Blogger.
कम्युनिष्ट पार्टीका डोटी इन्चार्ज बीपीनगरबाट गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला इन्चार्ज विवेक कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । 

कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ किम्तोला बिपिनगर क्षेत्रबाट कुमाललाई बिपिनगर प्रहरी चौकीले शुक्रबार दिउसो गिरफ्तार गरेको हो ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै नियन्त्रणमा लिएको र उनी माथी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी शिबबहादुर सिंहले जानकारी दिएका छन ।

पार्टीको कामका सिलसिलामा हिडीरहेको अवस्थामा बिना कारण आफ्ना इन्चार्जलाई पक्राउ गरेको भन्दै सेक्रेटरी निलमले रिहाइको माग गरेका छन् । उनले आफ्ना नेता बिनासर्त तत्काल रिहा नगरे परिणाम गम्भीर हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : Friday, June 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...