एभरेष्ट इन्सुरेन्सको २०% बोनसपछि ६००% हकप्रद
Powered by Blogger.
एभरेष्ट इन्सुरेन्सको २०% बोनसपछि ६००% हकप्रद

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - एभरेष्ट इन्सुरेन्सले ५ वर्षको साधारण सभा एकै पटक बोलाएर २०% बोनसपछि ६००% हकप्रद ल्याउने प्रस्ताव गरेको छ । कम्पनीले असार २३ गते एकसाथ १८, १९, २०, २१ र २२ औं साधारण सभा बोलाएर २०% बोनस प्रस्ताव पास गर्ने र बोनसपछि कायम हुने चुक्ता पुँजीमा फेरि ६००% हकप्रद ल्याउने विशेष प्रस्ताव गरेको हो । 

एभरेष्टको २०७१ चैत १२ गते बसेको विशेष साधारण सभाबाट पारित १५०% हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी बोनसपछि कायम हुने चुक्ता पुँजीमा १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको हो । कम्पनीले साधारण सभा गर्न असार ८ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसआधारमा एभरेष्टको बोनस पाउन र साधारण सभामा भाग लिन बुक क्लोज हुने दिन भन्दा अघिनै सेयर किनिसक्नुपर्नेछ । साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे हुनेछ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउने उद्देश्यले एभरेष्टले बोनस र हकप्रदको बाटो समाएको हो ।

प्रकाशित मिति : Friday, June 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...