एभरेष्ट इन्सुरेन्सको २०% बोनस समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल स्टक एक्सचेन्जले आइतबार एभरेष्ट इन्सुरेन्सको २०% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । बोनस समायोजनपछि एभरेष्टको भाउ प्रतिकित्ता २४ सय ४२ रुपैयाँ तोकिएको छ । यो इन्सुरेन्सको औसत आधार मूल्य भने १३ सय ९२ रुपैयाँ छ । कम्पनीले गत ५ वर्षको साधारण सभा एकै पटक बोलाएर २०% बोनस सेयर दिने निर्णय गरेको हो । यसलाई असार २३ गतेको साधारण सभाबाट पारित गर्ने प्रस्ताव गरिएको छ । कम्पनीले साधाराण सभामा ६००% हकप्रद ल्याउने प्रस्ताव पनि गरेको छ । यता, मूल्यसँग जोडिएका संवेदनशील सूचनाहरु चुहावट गरेको आशंकामा गत मंगलबारदेखि एभरेष्टको सेयर कारोबार रोकिएको छ । तेस्रो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको चुक्ता पुँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । यसको बिमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । एभरेष्टले तेस्रो त्रैमासमा २ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ रुपैयाँ छ ।
प्रकाशित : Sunday, June 25, 2017

recent

Popular Posts