मध्यराति सुतिरहेको अवस्थामा सामना कलाकारमाथि प्रहरी धरपकड, ८ जना गिरफ्तार
Powered by Blogger.
मध्यराति सुतिरहेको अवस्थामा सामना कलाकारमाथि प्रहरी धरपकड, ८ जना गिरफ्तार

 
काठमाडौँ - मध्यराति सुतिरहेको अवस्थामा सामाना साँस्कृतिक टोलीका ८ जना कलाकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । 

आइतबार लाजिम्पाटस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामामा सामनाका आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरि, राजन, दिवाकर, राम, प्रभात र राहुललाई प्रहरीले गिरप्तार गरेको हो । जनसाँस्कृतिक महासंघले आफ्नो मातहतमा रहेको सामानाका ८ जनलाई प्रहरीले बिना कारण सुतिरहेको अवस्थामा गिरफ्तार गरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।

इमान्दार मिडियासँग कुरा गर्दै जनसाँस्कृतिक महासंघका नेता खेम थपलियाले सामनाका ८ जनालाई सुतिरहेकै अबस्थामा मध्यराति गिरप्तार गरी प्रहरीले मानव अधिकारको गम्भीर उलंघन गरेको आरोप लगाएका छन् ।

यता प्रहरीले भने कलाकारहरुलाई किन गिरपतार गरियो भन्ने बारेमा कुनै अधिकारिक जानकारी दिएको छैन । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जन साँस्कृति महासंघ अन्तरगत सामना परिवारको टोली लाजिम्पाटस्थित एक घरमा सामुहिकरुपमा बस्दै आएको थियो । 


प्रकाशित मिति : Monday, June 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...