६०% हकप्रद बिक्री गर्न गुडविल फाइनान्सले कहिले गर्दैछ बुक क्लोज ?
Powered by Blogger.
६०% हकप्रद बिक्री गर्न गुडविल फाइनान्सले कहिले गर्दैछ बुक क्लोज ?


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - गुडविल फाइनान्सले ६०% हकप्रद बिक्री गर्न असार २ गते बुक क्लोज गर्ने भएको छ । अब असार १ गतेसम्म कायम सेयरधनीले मात्र गुडविलको सेयर भर्न पाउनेछन् । फाइनान्सले १०ः६ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केटले गर्दैछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गुडविलले ५ करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको चुक्ता पुँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी (वार्षिक) १७ रुपैयाँ २४ पैसा रहेको यो फाइनान्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २६ पैसा छ । 


Published Date : Tuesday, June 6, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...