गुराँस लाइफले ८% बोनसपछि ५०% हकप्रद ल्याउने
Powered by Blogger.
गुराँस लाइफले ८% बोनसपछि ५०% हकप्रद ल्याउने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - गुराँस लाइफ इन्सुरेन्सले ८% बोनस सेयरपछि ५०% हकप्रद जारी गर्ने भएको छ । इन्सुरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले बोनसपछि २ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी साधारण सभा र नियामक निकाय बिमा समितिले अनुमोदन गर्न भने बाँकी नै छ । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने निर्देशन दिएपछि गुराँसले बोनस र हकप्रदको बाटो समाएको हो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ७७ करोड ४१ लाख ४० हजार रुपैयाँ छ । गुराँसले २ करोठ ८८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ २९ पैसा छ । 


Published Date : Thursday, June 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...