गुराँस लाइफको आठौं साधारण सभा असार ९ मा, यस्तो छ हकप्रद प्रस्ताव
Powered by Blogger.
गुराँस लाइफको आठौं साधारण सभा असार ९ मा, यस्तो छ हकप्रद प्रस्ताव

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - गुराँस लाइफ इन्सुरेन्सले असार ९ मा आठौं वार्षिक साधारण सभा बोलाएको छ । काठमाडौंको नयाँ वानेश्वर स्थित वानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभामा कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने अर्को विशेष प्रस्ताव पेस गर्दैछ । त्यस्तै चुक्ता पुँजीको ८% बोनस सेयर र यसमा लाग्ने कर तिर्न २३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने विशेष प्रस्ताव गरेको छ । कम्पनीले जेठ २९ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ । कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ७७ करोड ४१ लाख ४० हजार रुपैयाँ छ । गुराँसले २ करोठ ८८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ९९ पैसा रहेको गुराँसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ २९ पैसा छ । यस आधारमा जेठ २८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने निर्देशन दिएपछि गुराँसले बोनस र हकप्रदको बाटो समाएको हो ।

प्रकाशित मिति : Friday, June 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...