×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतीय सर्टिफिकेट होल्डर भट्टराई बने गुराँस लाइफ इन्स्योरेन्सका सीइओ, कर्मचारी अख्तियार गुहार्दै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पुणे यनिभर्सिटीबाट बिएससी तथा मणिपुर युनिभर्सिटीबाट एमबिए गरेका नारायण कुमार भट्टराइ  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कम्पनीको १४२औं सञ्चालक समिति बैठकले चार बर्षका लागि भट्टराईलाई नियुक्त गरेको हो । उनले पुणे यनिभर्सिटीबाट बिएससी तथा मणिपुर युनिभर्सिटीबाट एमबिए गरेका छन् । २०६८ मंसिरबाट गुराँस लाइफमा सहायक महाप्रबन्धकमा रुपमा नियुक्त भएका  उनले लाइफ इन्स्योरेन्स कर्पोरेशनमा समेत करिव ९ बर्ष काम गरेका थिए। २०७० माघमा गुराँस लाइफकै नायव महाप्रबन्धक भएका उनी कम्पनीको मार्केटिङ, पुनर्बीमा विभागका प्रमुख भइसकेका छन्। 
तर उनलाई मन नपराउने कम्पनीभित्रैको कर्मचारीको एक गुटले उनको सर्टिफिकेट सक्कली वा नक्कली भन्ने छानविन गर्न अख्तियारमा उजुरी दिने तयारी गरेको छ । कम्पनीभित्रका केहि कर्मचारीहरुले बदनियत ढंगले केहि साथीहरु भट्टराइका विपक्षमा लागेको बताईरहेका छन् भने कहिले उनको सर्टिफिकेट छानविन गरिनुपर्ने बताईरहेका छन् । उनी सीइओ भएपछी यो प्रक्रियालाई सुरु गर्ने बताउने कम्पनीका केहि कर्मचारीहरु अव उनी सीइओ भएपछी  उनको सर्टिफिकेटको इस्यू निकालेर विभिन्न निकायमा जाने तयारीका साथ काम सुरु गरिसकेको स्रोतको भनाइ छ ।  
यसअघि हिमालयन बैंक लिमिटेड र बैंक अफ काठमाडौँका केहि कर्मचारीहरुको भारतीय नक्कली सर्टिफिकेट भएको थाहा भएपछी कारवाहीमा पर्ने डरले उनीहरु बैंकबाट नै भागेका थिए । त्यस्पछाडी भारतीय सर्टिफिकेट होल्डरहरु धमाधम अनुसन्धानको घेरामा पर्ने गरेका छन् । यसले भारतमा राम्रो सँग पढेर आएकाहरु पनि मर्कामा परेका छन् । तर कम्पनी भित्रको एक समूह नै गोप्य रुपमा भट्टराइको सर्टिफिकेट छानविनका लागि विभिन्न निकाय धाइरहेका समयमा छानविन पछी कस्तो नतिजा आउँछ भन्ने कुरा भने पर्खाइको विषय बनेको छ। 
यद्यपी उनले पढेका दुवै विश्वविद्यालय निकै नै नाम चलेका विश्वविद्यालय हुन् । तर कानुनी रुपमा अगाडी बढेपछी उनले आफुलाई सफाई दिलाउनुको विकल्प छैन । यता केहि कर्मचारी भने उनको सर्टिफिकेट नक्कली नै भएको दावी गर्दै आएका छन् । बीमा समितिले समेत इन्सुरेन्स कम्पनीको सीइओ हुन निश्चित मापदण्ड पूरा गर्नु पर्ने उल्लेख गरेको छ ।  कतिपय कर्मचारीले उनलाई मन नपराएका कहिले उनी विरुद्ध षडयन्त्र गरेको र उनी निकै राम्रो मान्छे भएको बताईरहेका बेला कानुनी प्रर्कियामा गएपछि उनको सर्टिफिकेट सक्कलीनै भएको भएपनि केहि झमेला हुने देखिएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: