गोर्खाज फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट भर्नु फारम ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - गोर्खाज फाइनान्सको ५०% हकप्रद भर्ने आइतबार अन्तिम दिन हो । गोर्खाजले जेठ १ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । गोर्खाजको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको छ । लगानीकर्ताले यो हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं र गोर्खाज फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, फाइनान्सको बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्यविनायक, धरान, इटहरी, दमक, बिर्तामोड, नारायणगढ, जनागल र रवि (पाँचथर) मा रहेका शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिनेछ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु वीरगन्ज, विराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगञ्ज र धनगढीबाट पनि गोर्खाजको हकप्रद भर्न पाइनेछ । हाल फाइनान्सको चुक्ता पुँजी ५७ करोड ८६ लाख ६२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गोर्खाजले १० करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको गोर्खाजको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७४ पैसा छ । 
प्रकाशित : Sunday, June 25, 2017

recent

Popular Posts