हिमालयन पावरको आइपीओ असार १ देखि, यी ठाउँ बाट भर्ने सेयर
Powered by Blogger.
हिमालयन पावरको आइपीओ असार १ देखि, यी ठाउँ बाट भर्ने सेयर


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं : हिमालयन पावर पार्टनरले असार १ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ । यो आइपीओ असार ५ गतेसम्म भर्न पाइनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १५ गतेसम्म भर्न पाइने सुविधा छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो । हिमालयनमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ । 


Published Date : Thursday, June 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...