×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१९.१३% ले घट्यो हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा, खुद बिमा शुल्क १६.८३% ले बढ्यो ! (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा घटेको छ । गत वर्षको तुलनामा १९.१३% ले नाफा घटेर ९ करोड १० लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्ष भने ११ करोड २५ लाख ७४ हजार रुपैयाँ नाफा गरेको थियो । 
वित्तीय विवरण अनुसार कम्पनीको बिमा कोषमा भने १३.९६% ले सुधार भएको छ भने रिजर्भ कोष ४.६०% ले घटेको छ । खुद बिमा शुल्क पनि १६.८३% ले बढेर २१ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: