रैराङ हाइड्रोको आइपीओ खुल्यो, यी ठाउँबाट आबेदन दिन सकिन्छ
Powered by Blogger.
रैराङ हाइड्रोको आइपीओ खुल्यो, यी ठाउँबाट आबेदन दिन सकिन्छ


 
  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बिहीबारदेखि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमध्ये रैराङले प्रत्यक्ष रुपमा प्रभावित पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई २ लाख २४ हजार कित्ता र बाँकी ३ लाख ३६ हजार कित्ता पाँचथर र ताप्लेजुङको अन्य गाविसका वासिन्दालाई बिक्री गरेको हो । यसमा असार ८ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २३ गतेसम्म आइपीओ भर्न पाइनेछ । लगानीकर्ताले यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम २८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । 

 आबेदन दिने ठाउँ 
आइपीओका लागि पाँचथरको फिदिम स्थित सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एसिया र एनएमबि बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिभिलको मेदिबुङ बजार, पाँचथर र एनएमबि बैंकको फुङ्गलिङ्ग, ताप्लेजुङ शाखाबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । रैराङको आइपीओमा एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।


Published Date : Thursday, June 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...