हिमालयन पावरको आजदेखि आइपीओ बिक्री खुला, यी हुन् आवेदन दिने ठाँउ


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - हिमालयन पावर पार्टनरले बिहीबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ । यो आइपीओ असार ५ गतेसम्म भर्न पाइनेछ । यस अवधिभित्र आवश्यक मात्रमा आवेदन नपरेमा भने असार १५ गतेसम्म भर्न पाइने सुविधा छ ।

यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको हो । हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसअघि हिमालयनले जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो । हिमालयनमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ ।
प्रकाशित : Thursday, June 15, 2017

recent

Popular Posts