हिमालयन पावरको आइपीओमा ४१ गुणाभन्दा बढी आवेदन
Powered by Blogger.
हिमालयन पावरको आइपीओमा ४१ गुणाभन्दा बढी आवेदन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब २० करोड ८३ लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । यसमा १ लाख ५९ हजार ७०७ जनाले यसमा सेयर भरेका छन् । जसमा आस्वाबाट मात्रै १ लाख ८ हजार ५८० जनाले ६ अर्ब २७ करोड ९८ लाख १४ हजार ६०० रुपैयाँ बराबरको आवेदन भरेका हुन् । यसैगरी, परम्परागत संकलन केन्द्रबाट पनि ५१ हजार १२७ जनाको १ अर्ब ९२ करोड ८४ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आवेदन परेको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई दिइएको सेयरलाई छुट्याउँदा ४१.४२ गुणाभन्दा बढीको सेयर आवेदन परेको देखिन्छ । अझै अन्तिम विवरण आउन बाँकी रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । यसआधारमा आवेदन संख्या र रकम थप बढ्न सक्ने देखिन्छ । 

कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यस आधारमा सर्वसाधारणले १९ लाख ८१ हजार ६७५ कित्ता मात्र भर्न पाएका हुन् । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । हाल हिमालयन पावरको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकिएको छ । यसमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ । 


Published Date : Tuesday, June 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...