हिमालयन पावर पार्टनरको आइपीओमा ४२.३० गुणा बढी आवेदन
Powered by Blogger.
हिमालयन पावर पार्टनरको आइपीओमा ४२.३० गुणा बढी आवेदन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब ३८ करोड ३१ लाख ४७ हजार ५०० रुपैयाँको आवेदन परेको छ । यसमा १ लाख ६३ हजार ३४७ जनाले सेयर भरेका छन् । जसमा आस्वाबाट मात्रै १ लाख १२ हजार २४५ जनाले ६ अर्ब ४५ करोड ५२ लाख ३९ हजार ६०० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यसैगरी, परम्परागत संकलन केन्द्रबाट ५१ हजार १०२ जनाको १ अर्ब ९२ करोड ७९ लाख ७ हजार ९०० रुपैयाँ बराबरको सेयर आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ । यसआधारमा कर्मचारी र सामूहिक लगानी कोषलाई दिइएको सेयरलाई छुट्याउँदा ४२.३० गुणा बढीको सेयर आवेदन परेको देखिन्छ । कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ ।

यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाएका थिए । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको हो । हाल हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । जसमध्ये कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि कम्पनीले कम्पनीले जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो । हिमालयनमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ । साउन लागेपछि बाँडफाँट भयो भने हिमालयन पावरको सेयर सबैले पाउन सम्भावना हुनेछ । 

प्रकाशित मिति : Friday, June 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...