राष्ट्र बैंक भन्छ - 'तरलता अभाव छैन', जनताले दिन थाल्यो मुद्दतिमा १३% ब्याज
Powered by Blogger.
राष्ट्र बैंक भन्छ - 'तरलता अभाव छैन', जनताले दिन थाल्यो मुद्दतिमा १३% ब्याज

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - राष्ट्र बैंकले तरलता अभाव छैन भनिरहँदा पनि बैंकहरु भने ब्याजदर बढाउन तँछाडमछाड गरेकाले वास्तवमै लगानीयोग्य पैसा अभाव देखिएको संकेत देखिन थालेको छ ।  त्यतिमात्र हैन बैंकहरुबीच ब्याजदर बढाउने होडबाजी चल्न थालेको छ । यही प्रतिस्पर्धामा फेरि जनता बैंकले सबैलाई उछिन्दै मुद्दति निक्षेपमा १३% ब्याजदर घोषणा गरेको छ । यसअघि वाणिज्य बैकहरुबीच १२% प्रतिशतभन्दा बढी ब्याज नदिने अनौपचारिक सहमति भए पनि जनताले अहिले त्यसलाई तोडेको हो । 

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भने अधिक तरलता अभावमा सुधार भइसकेको जनाए पनि जनताले न्यूनतम मौज्दात ५० हजार रुपैयाँमा वार्षिक १३% ब्याजदर दिने घोषणा गरेको हो । मुद्दतिमा मात्र नभएर बचत खातामा पनि बैंकहरुले उच्च ब्याजदर दिइरहेका छन् । बचत खातामा वाणिज्य बैंकहरुले ब्याजदर बढाएर ८% सम्म पुर्याएका छन् । विकास बैंकहरुले अझै बढी ब्याजदर दिन थालेका छन् । 


Published Date : Thursday, June 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...