जनता बैंकले मुद्दती निक्षेपको ब्याज घटायो, ११ प्रतिशतमा झार्नेको सूचीमा मेगा, हिमालयन र प्राइम पनि
Powered by Blogger.
जनता बैंकले मुद्दती निक्षेपको ब्याज घटायो, ११ प्रतिशतमा झार्नेको सूचीमा मेगा, हिमालयन र प्राइम पनि


काठमाडौं - बैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाउन थालेका छन् । मुद्दती खातामा सबैभन्दा बढी ब्याज दिने जनता बैंकले ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको छ । यस अघि जनताले १३ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको थियो । जनताले ३ महिनाको मुद्दतीमा संस्थागत निक्षेपकर्तालाई ७ प्रतिशत र व्यक्तिगत निक्षेपकर्तालाई ८ प्रतिशत ब्याजदर घोषणा गरेको छ । यस्तै ६ महिने अवधिको मुद्दतीमा संस्थागतलाई ८ प्रतिशत र व्यक्तिगतलाई ९ प्रतिशत ब्याज दिने भनेको छ । ९ महिने अवधिको मुद्दतीमा संस्थागतलाई ९ प्रतिशत  र व्यक्तिगतलाई १० प्रतिशत तथा १ वर्ष वा यो भन्दा माथिको लागि संस्थागतलाई १० प्रतिशत र व्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । जनताले यो ब्याजदर आइतबार (आज) बाट लागू हुने जनाएको छ । यसअघि मेगा बैंक, हिमालयन बैक र प्राइम कर्मसियल बैंकले पनि मुद्दती खाताको ब्याजदर ११ प्रतिशतमा झारेका थिए ।

प्रकाशित मिति : Sunday, June 18, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...