कामनाले पायो ३०% हकप्रद बिक्री गर्ने अनुमति, यसरी गरिदैछ चुक्ता पुँजी वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - धितोपत्र बोर्डले कामना विकास बैंकलाई ३०% हकप्रद सेयरअर्थात् १०ः३ अनुपातमा २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कामनाले हकप्रद बिक्री गर्न लागेको हो । यसका साथै, कामना र सेवा विकास बैंक एक आपसमा मर्ज हुने प्रस्तावसहित दुवैले जेठ २५ गते विशेष साधारण सभा बोलाएका छन् ।

मर्जपछि ‘कामना सेवा विकास बैंक’ नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामनाको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ छ । बैंकले १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कामनाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५६ पैसा छ । हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ ।
प्रकाशित : Friday, June 02, 2017
Loading...

recent

Popular Posts