कामना विकास बैंकको असार ११ गतेदेखि हकप्रद, यी हुन् फारम भर्ने ठाँउ


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं -  कामना विकास बैंकले  ३०% हकप्रद सेयर असार ११ गतेदेखि बिक्री खुला गर्ने भएको छ । बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २४ लाख १३ हजार १३७.६० कित्ता सेयर बिक्री गर्नेछ । साउन १५ गतेसम्म यो हकप्रद भर्न पाइनेछ । 

यो हकप्रदमा एनआइबिएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी कामना विकास बैंकको केन्द्रीय कार्यालय सृजनाचोक, पोखरा–८ कास्की र यसका अधिकांश शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ । कामनाको बिक्री प्रबन्धक एनआइबिएल क्यपिटल मार्केट्स हो । 
प्रकाशित : Wednesday, June 07, 2017
Loading...

recent

Popular Posts