×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना बिकास बैंकमा ‘किर्ते काण्ड’ ! सीइओले राष्ट्र बैंकलाई नटेर्दा मच्चियो यस्तो बबण्डर !

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा – पोखराको कैलाश विकास बैंकबाट करोडौं रकम घोटाला गरेर बैंककै कर्मचारी फरार भएको घटना सेलाउन नपाउंदै पोखराको अर्को बैंकमा भएको किर्ते काण्डले यतिबेला पोखराको बैंकिङ क्षेत्रमा भूकम्प आएको छ । अझ त्यसमाथिपनि किर्ते गर्ने कामना बिकास बैंकका कर्मचारीलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्न निर्देशन दिंदा दिंदैपनि सीइओले केहि नगरेपपछी नेपाल राष्ट्र बैंकले पुन: सञ्चालक र सीइओलाई स्पष्टीकरण सोधेपछि घटनाले बैंकमा हङ्गामा मच्चाएको छ । बैंकको कर्जा प्रमुखले नै ऋणीको सहि किर्ते गरेर रकम झिकेको तथ्य खुलासा हुनु र कारवाहीको निर्देशन समेत आउँदा पनि उनलाई बैंकका सीइओले बचाएको पाईएपछी अहिले उक्त घटनालाई लिएर बैंकका सीइओमाथि नै औंला ठडिएको छ । 

यस्तो छ घटनाको नालीबेली !
बैंकको कर्पोरेट शाखा कर्जा इन्चार्ज विश्वराज अधिकारीले बैंकका एक ग्राहकको खाता प्रयोग गरेर आफूखुसी पैसा चलाउने गरेको तथ्य नेपाल राष्ट्र बैंकबाट गएको एक टोलीले फेला पारेको थियो। बैंकका कर्जा प्रमुख रहेका अधिकारीको हस्ताक्षरमा बैंकले प्रशान्त श्रेष्ठलाई २५ लाख रुपैयाँ बराबरको ओभर ड्राफ्ट ऋण स्वीकृति गरेको थियो । नेपाल राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार उक्त पैसा पैसा श्रेष्ठले भन्दापनि अधिकारीले नै प्रयोग गर्ने गरेको खुलासा भएको थियो । ‘किर्ते गरेर पैसा झिक्ने गरेको पाइयो । ऋणी प्रशान्त श्रेष्ठलाई आफैंले सही गरेर २५ लाख रुपैयाँ बराबरको कर्जा अधिकारीले स्वीकृत गरेका छन् । नियम अनुसार त्यसो गर्न पाइन्न । राष्ट्र बैंकको २०६९ को एकीकृत निर्देशिका अनुसार बैंकका कर्मचारी तथा उच्च व्यवस्थापनले ग्राहकसँग व्यक्तिगत कारोबार गर्न नहुने स्पष्ट व्यवस्था छ । हामी थप कारवाहीका लागि अगाडी बढ्दैछौं । घटनाको प्रकृति हेर्दा आफुले नै पैसा चलाउनका लागि ऋणी खडा गरिएको पाइएको छ । ‘ घटनाबारे बताउंदै तत्कालीन अवस्थामा नेपाल राष्ट्र बैंक स्रोतले भनेको थियो । 
यस्तो घटना घटेपछि बैंकमा बबण्डर मच्चियो । यो घटनाका दोषी अधिकारीलाई कारवाही गर्न राष्ट्र बैंकले सीइओ तोया अधिकारीका नाममा पत्र काटेको थियो । तर नेपाल राष्ट्र बैंकको पत्र आएको दुई महिना नबित्दै नवित्दै कास्की फाइनान्स कामना विकास बैंकसँग मर्ज भई कामना विकास बैंककै नाममा एकीकृत कारोबार थाल्यो । जसमा तीनै सीइओ तोया अधिकारी कामना विकास बैंकको सीइओ भए भने विश्वराज अधिकारी नै कामनाको कर्जा विभागको प्रमुख भए । 
पटक पटक उस्तै घटना, सीइओमाथि नै ठडियो औंला !
एक पटक त उनलाई कारवाही गरिएन नै २०७२ को भदौमा राष्ट्र बैंकको टोली कामना विकास बैंकको स्थलगत निरिक्षणका लागि फेरि पोखरा पुग्दापनि फेरि प्रशान्त श्रेष्ठसँगको विश्वराज अधिकारीको कारोबार भएको भेटियो । यस्तो भएपछि पुन: नेपाल राष्ट्र बैंकले तोया अधिकारीका नाममा पत्र काट्यो । पत्रमा अधिकारीलाई कारवाही किन गरिएन भन्ने उल्लेख थियो । अहिले सीइओलाई मात्र होइन नीज अधिकारीलाई समेत तपाईंलाई कारवाही किन नगर्ने भन्ने विषयमा स्पष्टिकरण दिन भन्दै नेपाल राष्ट्र बैंकले पत्र काटेको छ ।
यो घटनासँगै सीइओले नीज दोषीलाई कारवाही किन नगरी राष्ट्र बैंकलाई अटेरी गरे भन्ने कुराले अहिले पोखराको बैंकिङ क्षेत्र तातेको छ । यो घटनामा सीइओले समेत मिलेमतो गरी कमिसन लिने गरेको आरोपसमेत बैंककै कर्मचारीले लगाउन थालेका छन् भने यसबारे नेपाल राष्ट्र बैंकसमेत बोलेको छैन । घटनाले कस्तो मोड लिन्छ भन्ने थाहा पाउन अवको केहि समय नेपाल राष्ट्र बैंकको निर्णय कुर्नुपर्ने देखिन्छ। 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: